सचिवालय बैठक वोलाउन बामदेव गौतमको माग

  • प्रकाशित मिति : February 24, 2021
  • नेपाल ज्योति

व्यवहारिक रुपमा अलगअलग भएका नेकपाका दुई खेमाका अध्यक्ष ओली र दाहाललाई उपाध्यक्ष गौतमले धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाउन माग गरेका छन् ।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला सुनाएपछि आधिकारिक रुपमा प्रतिक्रिया दिँदै गौतमले न्यायालयले लाखौँ देशभक्त नेपालीको त्याग र समर्पणबाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको बताएका छन् ।