पेरिसडाँडामा नेकपा र जसपाबीच छलफल जारी

  • प्रकाशित मिति : February 25, 2021
  • नेपाल ज्योति

नेकपाका नेता वामदेव गौतमसँग बिहीबार बिहानै भेटवार्तापछि काठमाडौं – प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग छलफल गरेका छन्।

नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा नेकपाका दुवै अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठलगायत नेतासँग छलफल गरेका हुन्।

नेकपाका एक नेताका अनुसार दुई पार्टीबीच सहकार्य गर्ने विषयमा छलफल भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको संसद् विघटनको निर्णय सर्वाेच्च अदालतले बदर गरिदिएपछि प्रचण्ड र नेपालले अन्य दलसँगको छलफललाई तीव्र पारेका छन्।