नेताहरुको टाउको गन्ती,ज्योतिषको जोखाना,किनबेचको शृंखला सुरु भयो: भट्टराई

  • प्रकाशित मिति : February 25, 2021
  • नेपाल ज्योति

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतपछि राजनीति पुनः दल र नेताको कोर्टमा पुगेको बताएका छन्।

उनले दल र नेताको कोर्टमा राजनीति पुगेपछि पुरानै कुर्सिको खेल सुरु हुने खतरा रहेको बताए।

उनले अब टाउको गन्ती,ज्योतिषको जोखाना,किनबेचको शृंखला चल्नसक्ने भन्दै जनता र देशको चाहना भने राष्ट्रिय सहमति रहेको बताएका छन्।

‘सुप्रिम कोर्टपछि राजनीति पुनः दल/नेताको कोर्टमा पुगेको छ।घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरू हुने खतरा छ। टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्छ। देशको आवश्यकता र जनताको चाहना दल र नेताले पाठ सिकून्। नयॉ राष्ट्रिय सहमति गरून् भन्ने छ है! चेतना भया!’, बिहीबार बिहान भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।