रघुजी पन्तको अभिव्यक्तिविरुद्ध कोमल वली अदालत जाने तयारी

  • प्रकाशित मिति : February 28, 2021
  • नेपाल ज्योति

काठमाण्डौ-प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेता रघुजी पन्तको अभिव्यक्ति विरुद्ध राष्ट्रिय सभाकी सांसद कोमल वलीले अदालत जाने भएकी छन्।

गृहजिल्ला दाङमा रहेकी वलीले मंगलबार काठमाडौँ आइपुग्ने र त्यसपछि कानुनी प्रक्रियामा जाने बताएकी हुन्। उनले त्यसका लागि अहिले आफू कानुनी परामर्शमा जुटेको बताएकी छन्। प्रचण्ड–नेपाल समूहका स्थायी समित सदस्य रघुजी पन्ज्तले लामो समयदेखि पार्टीमा योगदान दिएका नेतृहरुले राष्ट्रियसभा सदस्य र केन्द्रीय सदस्य नपाएको तर वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेर सांसद बनेको बताएका थिए।

पन्तको त्यो भनाइको अहिले सर्वत्र विरोध भइरहेको छ।