लिखित जवाफ बोकेर प्रचण्ड पुगे सर्वोच्च अदालत

  • प्रकाशित मिति : February 28, 2021
  • नेपाल ज्योति

काठमाण्डौ-अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफसहित नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सर्वोच्च अदालत पुगेका छन् । प्रचण्डले सर्वोच्चलाई लिखित जवाफ बुझाउँदै वर्तमान सरकारको नेतृत्वले गलत उदेश्यले रिट दायर गरेकाले त्यसमा कुनै सत्यता नभएको जिकिर गरेका हुन ।

उनले भनेका छन्, सरकार र सरकारमा रहेकाको नातेदारले अदालतलाई कमजोर ठानेर यस्ता निवेदन हाल्न लगाएको बताए ।

अधिवक्ता समिर हायुले प्रचण्डमाथि अदालतको अवहेलनामा कारबाहीको माग गर्दै दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना नभए जनअदालतबाट फैसला हुने र न्यायाधीशहरूको खुट्टी पनि जनताले देख्ने अभिव्यक्ति दिएका थिए ।