साइबर ब्युरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ

  • प्रकाशित मिति : February 28, 2021
  • नेपाल ज्योति

काठमाण्डौ-नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज खोल्ने व्यक्ति पक्राउ परेका छन्।

कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का १८ वर्षीय प्रज्वल पोख्रेल पक्राउ परेका हुन्। कपिलवस्तु घर भएका पोख्रेल रुपन्देहीको सैनामैना नगरपालिका ६ मा बस्दै आएका थिए। उनले ब्युरोको फेसबुक पेजबाट कुरा गरी आपराधिक लाभ समेत लिने र प्रहरीलाई बदनाम गराउने गरेको ब्युरोले जनाएको छ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तरगत कारबाही अगाडि बढाएको ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए।