विप्लव (नेकपा)सँग छिट्टै वार्ता गर्ने प्रधानमन्त्री ओलीको उद्घोष

  • प्रकाशित मिति : February 28, 2021
  • नेपाल ज्योति

झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) समूहसँग चाँडै वार्ता गरिने बताएका छन् ।

झापाको कमल गाउँपालिका–७ मा आयोजित कार्यक्रममा बोल्दै उनले वार्ताका लागि प्रकिया चलिरहेको र केही दिनमा नै यसबारेमा सबैलाई थाहा हुने पनि बताए ।

सरकारले विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई प्रतिबन्ध लगाएको छ । केही समयअघि विप्लव समूहले एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि सकारात्मक भएको बताएको थियो ।