उच्च अदालतका न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ

  • प्रकाशित मिति : February 28, 2021
  • नेपाल ज्योति

दाङ – उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती ब्राउनसुगरसहित पक्राउ परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका ५ स्थित उनकै घरबाट २ ग्राम २६ मिलिग्राम ब्राउनसुगरसहित न्यायाधीश पोखरेलकी श्रीमती तुलसा पोखरेललाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले पक्राउको पुष्टि गरेको गरेका छन् । पोखरेललाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ ।

ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीश मदन पोखरेलकी कान्छी श्रीमती हुन् ।