कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा जाँदै प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : March 1, 2021
  • नेपाल ज्योति

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न जाँदैछन् । पार्टीको प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जान लाागेका हुन् ।

आजै उनले नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ ।

सोही क्रममा उनले पोखरा रंगशालाको पनि निरीक्षण गर्ने कार्यक्रम छ । गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकुदका लागि अत्यावश्यक भौतिक पूर्वाधारबारे प्रधानमन्त्रीले चासो राखेका हुन् ।

प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय फुटबल रंशालासहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्यीय कभर्ड हल, टेनिस कोर्टलगायतका खेल पूर्वाधारको निरीक्षण गर्नेछन् ।

‘रंगशालामा फुटबल मैदान चिटिक्क छ । क्रिकेट मैदान पनि तयार छ । ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको स्वीमिङ पुलको निर्णय योजना छ । यसबारे प्रधानमनत्रीको धारणा आउँछ,’ राखेप सदस्य राजेश गुरुङले भने, ‘प्रदेशकै राजधानी पोखराको प्रमुख रंगशाला व्यवस्थित र स्तरीय बनाउन उहाँले प्रतिवद्धता जनाउनु हुनेछ ।’ ओली सोमबारै काठमाडौं फर्किने छन् ।