प्रचण्ड-माधव समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने

  • प्रकाशित मिति : March 1, 2021
  • नेपाल ज्योति

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजीले जानकारी दिए । तर, दुवै बैठकको मिति भने तोकिएको छैन ।

साथै, बैठकले पार्टीको आधिकारिकता सम्बन्धी पेस गरिएको दाबीबारे छिटोभन्दा छिटो निर्णय गर्न निर्वाचन आयोगलाई अनुरोध गरेको छ ।