संसद अधिवेशन २३ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

  • प्रकाशित मिति : March 1, 2021
  • नेपाल ज्योति

काठमाडौं –सरकारले फागुन २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले संसद अधिवेशनको लागि राष्ट्रपतिसमक्ष पत्र पठाउने निर्णय गरेको शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

यसअघिको मन्त्रिपरिषद बैठकले २३ गते संसद अधिवेशन बोलाउनेबारे छलफल गरे पनि औपचारिक निर्णय भने गरेको थिएन ।