ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

  • प्रकाशित मिति : March 2, 2021
  • नेपाल ज्योति

काठमाण्डौ-प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई राहत दिने घोषणा गरेका छन्। मंगलबार मोरङमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आगलागीबाट क्षति पुगेको दोभान बजारको पुनर्निर्माण र पीडितलाई राहत उपलब्ध गराउने बताएका हुन्। उनले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले प्रदेश १ का मुख्यमन्त्रीले यो कुराको समन्वय गर्ने र सरकारले भरपर्दो समन्वय गर्ने वचन दिए।

दोभान बजारमा आगलागी हुँदा ४९ घर जलेका छन् भने हाल आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।