नर्भिक अस्पतालमा भर्ना भएका कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार

  • प्रकाशित मिति : March 2, 2021
  • नेपाल ज्योति

काठमाण्डौ – मष्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार भएको छ ।

स्वास्थ्यमा सुधार भएपछि सोमबार बिहानदेखि भेन्टिलेटरको सपोर्ट लगातार कम गर्न थालिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए । ‘सोमबार बिहानदेखि उहाँले आफैंले सास फेरिरहनुभएको छ । मेसिनले सास फेराउनु परेको छैन’ डा. झाले भने ।