बालाजु बाइसधाराबाट पक्राउ परेका स्थानीयलाई छाड्न सर्वोच्चको आदेश

  • प्रकाशित मिति : March 2, 2021
  • नेपाल ज्योति

काठमाण्डौ – सडक विस्तारको विरोधमा बालाजुबाट पक्राउ परेका स्थानीय वासिन्दालाई सर्वोच्च अदालतले छाड्न आदेश दिएको छ । न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासले उनीहरुलाई गैर कानुनी रुपमा थुनामा राखेको भन्दै रिहा गर्न आदेश दिएको हो ।

बालाजु बाइसधारा क्षेत्रमा सरकारले नागरिकको व्यक्तिगत सम्पत्ति हडप्ने गरी सडक विस्तार गरेको भन्दै प्रदर्शनमा उत्रिएकाहरुलाई गत बुधबार पक्राउ गरी प्रहरीले महानगरीय प्रहरी वृत्त बालाजुमा राखेको थियो ।

उनीहरुलाई राज्यविरुद्धको अपराधमा अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाण्डौबाट म्यादसमेत लिएको थियो ।