कस्ता पुरुषहरु प्रति आकर्षित हुन्छन् महिलाहरु ?

  • प्रकाशित मिति : March 4, 2021
  • नेपाल ज्योति

महिलाहरुले पुरुषका कस्ता गुणलाई मन पराउँछन् भन्ने विषयमा धेरैजसो पुरुषहरुले ध्यान दिने गरेका हुन्छन् । महिलाको नजरमा पर्न र मन जित्नका लागि हरेक खालका प्रयास गरिरहेका हुन्छन् पुरुषहरु । यही विषयलाई ध्यान दिएर वैज्ञानिकको टोलिले महिलाहरुले पुरुषमा चाहने गुणका बारेमा अनुसन्धान गरेका छन्

उक्त अनुसन्धानबाट बैज्ञानिकहरुले पुरुषहरुमा महिलाले चाहने ११ गुण पत्ता लगाएका छन् । जसलाई विज्ञानले समे प्रमाणित गरेको उनीहरुले दावी गरेका छन् । इन्साइडर टेकले प्रकाशन गरेको उक्त रिपोर्टमा पुरुषमा महिलाले चाहने ११ गुणहरुलाई उल्लेख गरिएको छ । उक्त अध्ययनमा वास्तविक जीवनमा पुरुषबाट आश गर्ने व्यवहारलाई ध्यान दिएर अध्ययन गरिएको थियो । यस्तो छ पुरुषका ११ गुण जसले महिलालाई हुरुक्कै पार्न सक्छ ।

१) छोटो सम्बन्ध राख्न चाहने केटीहरु मात्रै पुरुषको गुड लुक्समा ध्यान दिन्छन् । दीर्घकालिन सम्बन्ध वा विवाह नै गर्ने अवस्थामा महिलाहरु पुरुषको गुड लुक्सलाई खासै महत्व दिदैनन् ।

२) सेन्स अफ ह्युमर भएका र बुद्धिमान पुरुषलाई महिलाहरुले बढी महत्व दिन्छन् । सेन्स अफ ह्युमर भएका पुरुषहरु जीवनमा आए भने जिन्दगी रमाइलो हुने र हासिखेली जीवन विताउन पाइने महिलाहरुको विश्वास हुन्छ ।

३) कमलो हृदय भएको र परोपकारी काम गर्न तत्पर हुने पुरुषप्रति महिलाहरु निकै आकर्षित हुन्छन् ।

४) महिलाहरु आफ्नो उमेरभन्दा केही बढी उमेरको पुरुषसँग बैवाहिक सम्वन्ध कामय गर्न चाहन्छन् । आफूभन्दा केही बढी उमेरका पुरुष भएमा उनीहरु धेरैजसो काममा अनुभवी भइसकेका हुन्छन भन्ने महिलाको विश्वास हुन्छ ।

५) मिलेको दाह्री र जुँगा भएका पुरुषसँग महिलाहरु हुरुक्कै हुने गर्छन् ।

६) ‘एस म्यान’ प्रवृत्तिका पुरुषलाई धेरैजसो महिलाले रुचाउँदैनन् । सजिलैसँग उपलब्ध नहुने, कहिलेकाही अटेरी गर्ने पुरुषको स्वभावले पनि महिलालाई आकर्षित नै गर्ने गर्छ ।

७) जनावरहरुसँग खेल्ने पुरुषलाई महिलाहरुले असल प्रेमीको रुपमा बुझेका हुन्छन् ।

८) अरुको बारेमा चासो नराख्ने र अनावश्यक मूल्यांकन नगर्ने पुरुषलाई महिलाले रुचाउँछन् । कस्तो लुगा लगाएको, कति धेरै बोलेको जस्ता कुरामा कमेन्ट गर्ने पुरुषलाई महिलाहरुले निको मान्दैनन् ।

९) थोरै भए पनि रातो रङ मिसिएको पोषाक मन पराउने पुरुषहरुप्रति महिलाहरु आकर्षित हुने गर्छन् ।

१०) साहसिक काम गर्न रुचाउने, समस्यामा परेकाहरुलाई उद्धार गर्न तत्पर रहने पुरुषहरु महिलालाई निकै मन पर्छन् ।

११) पुरुषको लुवाई खुवाई र व्यवहार सम्पन्न खालको देखिने पुरुष महिलाको विशेष रोजाईमा परेका हुन्छन् ।

स्रोत : टेक इन्साइडर