जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

  • प्रकाशित मिति : March 4, 2021
  • नेपाल ज्योति

कैलाली- १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

कैलालीकि १७ किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोडाघोडी नगरपालिका–१ सुखड बस्ने १९ वर्षीय प्रलब बुढाथोकी पक्राउ परेका हुन् ।

प्रलबले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।