प्रधानमन्त्रीलाई भेट्न विप्लव पुगे बालुवाटार

  • प्रकाशित मिति : March 5, 2021
  • नेपाल ज्योति

काठमाडौं- शान्तिपूर्ण राजनीतिमा आउन तयार नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका छन् । नवलपरासीबाट शुक्रबार काठमाडौं आइपुगेका उनी केहीबेर अगाडि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेपछि उनी सरकारसँग भएको सहमति पत्रमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुने छन् ।