तत्काल ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउछौँ : प्रचण्ड

  • प्रकाशित मिति : March 5, 2021
  • नेपाल ज्योति

काठमाण्डौ- प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याउने नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । नेकपा संसदीय दलको नेतामा चयन भएलगत्तै पत्रकारहरुसँग कुरा गर्दै दाहालले ओलीले राजीनामा नदिए आउने दिन झनै जटिल बन्न सक्ने बताएका हुन ।

“केपी ओलीले संसद् पुनःस्थापना भइसकेपछि राजीनामा दिनुपर्ने हो,त्यतिमात्रै नभएर ११५ जनाको हस्ताक्षरसहितको बहुमतले दलको नेता मलाई निर्वाचित गरिसकेपछि अविलम्ब राजीनामा दिनु उहाँ र देशको लागि सहज हुन्छ” उनले भने ।