प्रधानमन्त्री ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

  • प्रकाशित मिति : March 6, 2021
  • नेपाल ज्योति

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिएका छन ।

आइतबार बिहान १० बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीले खोप लगाउने अर्यालले बताएका छन । भोलिदेखि संवैधानिक निकायका पदाधिकारीहरुले समेत खोप लगाउने बताइएको छ ।

आइतबारबाट ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरू हुँदैछ ।

यो चरणमा ६५ वर्षमाथिका १६ लाख नागरिकलाई खोप लगाउने योजना छ । १५ वटा हिमाली जिल्लाका ५५ वर्ष माथिकालाई पनि आइतबारदेखि नै खोप लगाइने सचिव अर्यालले जानकारी दिएका छन ।