नेकपा संसदीय दलको बैठक बालुवाटारमा सुरु

  • प्रकाशित मिति : March 6, 2021
  • नेपाल ज्योति

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकले संसद् बैठकको रणनीति तय गर्ने बताइएको छ । प्रतिनिधिसभाको बैठक भोलि अपराह्न ४ बजे बोलाइएको छ ।

नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक भने शुक्रबार बसेको थियो । बैठकले उक्त समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता बनाएको छ । गएको पुस ५ गते यता नेकपा दुई समूहमा विभाजित छ ।