काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको आजको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले भोलिबाट सुरु हुने संसद् बैठकमा ध्यानकेन्द्रित गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्री एवं उक्त समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई संसद्मा सरकारको कामको सघाउ गर्न निर्देशन दिएका थिए । शनिबारको बैठकमा नेकपा उपाध्यष वामदेव गौतम, लालबाबु पण्डित र तुलसा थापा अनुपपस्थित थिए । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ।
फागुन २३ गते आइतबार अर्थात् भोलि संसद बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न ४ बजे बोलाइएको छ ।