६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भोलिदेखि खोप लगाइने

  • प्रकाशित मिति : March 6, 2021
  • नेपाल ज्योति

काठमाडौं – सरकारले कोभिड-१९ विरुद्धको खोप अभियानको दोस्रो चरण आइतबारदेखि ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिईने भएको छ । शनिबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले ६५ वर्षमाथिका १७ लाख ६५ हजार जना नागरिकलाई खोप लगाइने बताए ।

५५ वर्षमाथिकालाई १० दिनपछि मात्र खोप लगाइने भएको छ । ५५ देखि ६४ वर्षसम्मका नागरिकले भने चैतमा मात्र खोप लगाउन पाउने भएका हुन ।

ढुक्क भएर खोप लगाउन आग्रह गर्दै स्वास्थ्यमन्त्रीले खोपको नकारात्मक असर देखिए उपचार गर्ने व्यवस्था गरिएको बताए ।