काठमाडौं- नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको छ ।
दलको बैठकलगत्तै बहुमत सांसदको हस्ताक्षर रहेको दाबीसहित नेताहरु संसद सचिवालयका महासचिव भरतराज गौतमलाई भेट्न पुगेका थिए तर सूचना दिन पुगेका उक्त पक्षका अध्यक्षद्वय दाहाल र माधव नेपालसहितका नेतालाई परामर्श गरेर मात्रै निर्णय लिने भन्दै संसद सचिवालयका महासचिवले जवाफ दिएका हुन् ।
तर गौतमले कानून र ऐन तथा सम्बन्धित दलको विधान बुझेर आवश्यक प्रक्रिया अघि बढाउने जवाफ दिएपछि एकछिन विवाद नै पन भएको थियो ।