संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले भने, ‘सर्वोच्चको फैसला स्वीकार गर्छौँ ‘

  • प्रकाशित मिति : March 7, 2021
  • नेपाल ज्योति

काठमाण्डौ – आइतबार संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन्।

आइतबार सार्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादको फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएपछि प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्।

अब एमाले र माओवादी केन्द्र नै ब्युतिने हो त भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीले अदालतको फैसलाको पाठ पढ्न बाँकी छ, अरु कुरा पढेपछि जानकारी दिने बताए ।