प्रचण्ड पक्षले विश्वासको मत फिर्ता लिए अन्य दलसँग सहकार्य गर्छु : ओली

  • प्रकाशित मिति : March 8, 2021
  • नेपाल ज्योति

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतालाई कानुनी र व्यवहारिक रुपमा जोगाउन नसकिएको बताएका छन्। आइतबार साँझ बालुवाटारमा बसेको संसदीय आफू पक्षीय संसदीय दलको बैठकमा ओलीले नेकपाको नाममा सम्बन्धमा सर्वोच्चले गरेको फैसलालाई कार्यान्वयन गर्ने बताएका हुन्।

‘नेकपाको एकतालाई कानुनी र व्यवहारिक रुपमा टिकाउन सकिएन। सर्वोच्चले संसद् पुनःस्थापना गरेको विषयलाई पनि कार्यान्वयन गरिरहेका छौं, अहिले पार्टीको अस्तित्वका सम्बन्धमा गरेको फैसला पनि कार्यान्वयन गर्छौं,’ ओलीको भनाई उद्धृत बैठकमा सहभागी एक जना सांसदले भने।

बैठकमा उनले सर्वोच्चको फैसलापछि आफूहरुले एकता गरेर बनाएको नेकपा अस्तित्वमा नरहेकाले अब पार्टी आधिकारिक रुपमै पहिलेको अवस्थामा फर्किएको बताए। प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले आफूलाई दिएको विश्वासको मत फिर्ता लिए आफूले विश्वासको मतका लागि अन्य दलसँग सहकार्य गर्ने समेत ओलीको भनाई छ।

अन्य निर्णय केन्द्रीय कमिटीको बैठकबाट गर्नेगरी ओली पक्षीय संसदीय दलको बैठक सकिएको थियो।