प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरू

  • प्रकाशित मिति : March 8, 2021
  • नेपाल ज्योति

काठमाडौं- सर्वोच्च अदालतको फैसलाबारे धारणा तय गर्न प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ । तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा अदालतको फैसला र अबको रणनीतिबारे छलफल हुनेछ ।

यो बैठक अगाडि माधव नेपाल समूहका १३ स्थायी कमिटी सदस्य छुट्टै छलफलमा बसेका थिए । छलफलमा सर्वोच्चको फैसला र आगामी कदमबारे कुराकानी भएको थियो । तर कुनै निर्णय नभएको र आफूहरु पर्ख र हेरको स्थितिमा रहेको एक नेताले बताए ।