प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

  • प्रकाशित मिति : March 9, 2021
  • लिला श्रेष्ठ

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे आफ्नै सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाउनुभएको हो ।

बैठकका एजेण्डा नभएपनि सरकारको आगामी रणनीतिबारे छलफल हुन सक्ने मन्त्रीहरुले बताएका छन् ।

सर्वोच्चको फैसलालगत्तै प्रधानमन्त्री ओलीले आफू पक्षीय संसदीय दलको बैठक बोलाएर माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने बताउनुभएको थियो ।