रघुजी पन्त विरुद्ध कोमल ओलीले दर्ता गराइन् गाली बेइज्जती मुद्दा

  • प्रकाशित मिति : March 9, 2021
  • लिला श्रेष्ठ

काठमाडौं-नेकपा (एमाले)की नेतृ कोमल ओलीले आफ्नै पार्टीका नेता रघुजी पन्त विरुद्ध मुद्दा दायर गरेकी छन् । कानुनविद्सँगको परामर्शपछि मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर गाली बेइज्जतीको मुद्दा दर्ता गरेकी हुन् ।

पन्तले आफूविरुद्ध अभिव्यक्त गरेको विचारले मानसम्मानमा चोट पुगेकाले मुद्दा दर्ता गरेको र ‘म आफैँले न्यायको लागि बोल्न सकिन भने, मैले कसरी जनताको न्यायको बारेमा बोलौंला,’ , ‘यो मेरा लागि बाध्यात्मक विषय पनि हो ’भनेकी छन्

ओलीविरुद्ध रघुजी पन्तले पिडौंला देखाएर राष्ट्रिय सभा सांसद र पार्टीको केन्द्रीय सदस्य बनेको आरोप लगाएका थिए । सार्वजनिक सञ्चारमाध्यममा वलीको पक्षमा जनतमा बढ्दै गएर आफ्नो आलोचना हुन थालेपछि पन्तले सार्वजनिक रुपमै माफी समेत मागेका थिए ।