सत्ता गठबन्धनका लागि सरकारले जसपासँग आज पनि छलफल गर्ने

  • प्रकाशित मिति : March 12, 2021
  • नेपाल ज्योति

काठमाडौं-सरकार र जनता समाजवादी पार्टीबीच आज कार्यदलस्तरमा छलफल हँुदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे कार्यदलस्तरको बैठक बस्नेछ ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफल सकारात्मक भएकाले आज थप गृहकार्य गरेर टुङ्गोमा पुग्न कार्यदलको बैठक बस्न लागेको जसपाले जनाएको छ ।

जसपाले लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको दुई सदस्यीय कार्यदल बनाएको छ भने सरकारी पक्षको कार्यदलमा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ रहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको वार्तामा जसपाकातर्फबाट अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादवलगायत नेताहरु सहभागी थिए ।