एमालेले डाक्यो केन्द्रीय कमिटी बैठक

  • प्रकाशित मिति : March 12, 2021
  • नेपाल ज्योति

काठमाडौं-सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइ दिएपछि एमालले केन्द्रीय कमिटी बैठकको तयारी गरेको छ ।

पार्टी अलग भएपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठक चैत १ गते बस्ने तयारी भइरहेको नेताहरुले बताएका छन् ।

सर्वोच्चले एमालेलाई माओवादीबाट अलग्याए लगत्तै स्थायी कमिटी बैठक बस्ने भनेको पार्टीले पर्याप्त तयारी नपुगेको भन्दै अन्तिम समयमा बैठक स्थगित गरेको थियो ।

दुई धारमा विभाजित एमालेका नेताहरु एक ठाउँमा आएपछि केन्द्रीय कमिटी बैठकको तयारी गरिएको नेताहरुले बताएका छन् ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ ।