सेनाका सहायक रथी कार्की यौन दुर्व्यवहारको आरोपमा बर्खास्त

  • प्रकाशित मिति : March 12, 2021
  • नेपाल ज्योति

काठमाडौँ- यौन दुर्व्यवहार गरेको आरोपमा नेपाली सेनाका सहायक रथी पंकज कार्की बर्खास्त भएका छन्। नेपाली सेनाले छानबिनपछि उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरि बर्खास्त गरेको हो।

कार्की सिराहास्थित सेनाको २८ नम्बर बाहिनीका बाहिनीपति हुन्।

आफ्नै मातहतका महिला सैनिक अधिकृतमाथि यौन दुर्व्यवहार गरेको आरोप कार्कीमाथी थियो। यसै घटनामा सेनाले दुई जना महिला सैनिक अधिकृतलाई पनि बर्खास्त गरेको छ।