नयाँ दिल्लीमा वेश्यालय सञ्चालन गर्ने रुकमाया नुवाकाेटबाट पक्राउ

  • प्रकाशित मिति : March 12, 2021
  • नेपाल ज्योति

काठमाडौँ- भारतको नयाँ दिल्लीस्थित जिबी रोडमा बेश्यालय सन्चालन गर्ने नुवाकोटकी चमेली भन्ने रुकमाया तामाङ पक्राउ परेकी छिन्। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नुवाकोटको विधुरबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटको सहयोगमा विदुर नगरपालिकाबाट पक्राउ परेकी तामाङलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद लिई अनुसन्धान भइरहेको छ ।

६२ वर्षीया चमेलीको सहयोगीले एक महिलालाई चितवनमा काम लगाई दिने भन्दै नयाँ दिल्लीमा पुर्‍याएर बेश्यालयमा काम गर्न लगाएको प्रहरीको दावी छ। पिडित महिलाले चमेलीको बेश्यालयमा आफुलाई बन्धक बनाएर काम गर्न लगाएको भन्दै जाहेरी दिएपछि उनी पक्राउ परेको ब्युरोले जनाएको छ।