चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीशमा नियुक्त, उच्च अदालतमा १८ जना सिफारिस

  • प्रकाशित मिति : March 12, 2021
  • नेपाल ज्योति

काठमाडौँ– शुक्रबार बसेको न्याय परिषद् बैठकले सर्वोच्च अदालतमा दुई र उच्च अदालतमा १८ जना न्यायाधीश सिफारिस गरेकाे छ ।  पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाल र सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशका सिफारिस भएका छन्।

संसदीय सुनुवाईबाट अनुमोदन भएमा चुडाल र सुवेदी सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनेछन्।