माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

  • प्रकाशित मिति : March 14, 2021
  • नेपाल ज्योति

काठमाण्डौ-नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो।

बैठकमा संगठनात्मक संरचनाका लागि विधान परिवर्तन, एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहितका २३ नेतामाथिको कारबाही लगायत नयाँ सत्ता समीकरणका विषयमा कुरा हुने बताइएकाे छ ।