माओवादी केन्द्रको बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव

  • प्रकाशित मिति : March 14, 2021
  • नेपाल ज्योति

काठमाण्डौ-नेकपा (माओवादी केन्द्र)ले पार्टीको नाम परिवर्तन गरेर नेपाली कम्युनिस्ट पार्टी राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको छलफलका एजेण्डामा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको हो ।

बुधबार र बिहीबार बसेको पार्टी स्थायी समिति बैठकमा नाम परिवर्तन गर्ने विषयमा सहमति जुटेको र सोही नाम आजको केन्द्रीय समिति बैठकमा पेस गरिएको एक नेताले बताए।