सभामुख सापकोटाले बोलाए प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक

  • प्रकाशित मिति : March 15, 2021
  • नेपाल ज्योति

काठमाडौं-सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको सातौँ अधिवेशनमा २ वटा वैठक बसे पनि कार्यव्यवस्था समितिको बैठक बस्न सकेको थिएन ।

प्रतिनिधिसभा नियमावलीको नियम १३ मा कार्यव्यवस्था परामर्श समितिको व्यवस्था गरिएको छ । नियम १३ (१०)मा भनिएको छ, ‘बैठकमा पेश हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहऱ्याएको अन्य विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलीय प्रतिनिधित्वको आधारमा बढीमा सत्र जना सदस्य रहेको एक कार्यव्यवस्था परामर्श समितिगठन गर्न सकिनेछ ।’