खुलामञ्चमा फेरि डोजर चल्यो

  • प्रकाशित मिति : March 15, 2021
  • नेपाल ज्योति

काठमाडौ-काठमाडौ महानगरपालिकाले खुलामञ्चमा फेरि डोजर चलाएको छ । केही समयअघि खुलामञ्च खुला गर्न डोजर चलाएको महानगरपालिकाले आइतबार फेरि डोजर चलाएर थप संरचना भत्काएको छ ।
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र काटेरै खाली गर्ने वातावरण बनाउन आग्रह गरेको र त्यही अनुसार खुला गर्ने कार्यलाई निरन्तरता दिएको जानकारी दिएका छन् ।

खुलामञ्चलाई खुला गर्ने अभियानलाई काठमाडौँ महानगरपालिकाले निरन्तरता दिएको हाे ।