ओलीको चियापान आज, नेपाल र खनाल नजाने

  • प्रकाशित मिति : March 16, 2021
  • नेपाल ज्योति

काठमाडौं-प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ ।

सर्वोच्च अदालतले एमाले पार्टी ब्यूताएपछि उहाँले पार्टीका केन्द्रिय सदस्यहरुका लागि वालुवाटारमा चियापान कार्यक्रम आयोजना गर्नुभएको हो ।

दुई कित्तामा देखिएको एमालेमा ओलीको चियापानलाई महत्वका साथ हेरिएको छ ।

फागुन २८ गते पार्टीको जिम्मेवारीमा ब्यापक हेरफेर गरिएको र चैत ७ गते केन्द्रीय कमिटी बैठक डाकिएकाले यो चियापानलाई सोही बैठकको तयारीको रुपमा पनि हेरिएको छ ।

एमालेका सबै नेतालाई बोलाइएको चियापान कार्यक्रममा माधव नेपाल र झलनाथ खनाल समुह भने सहभागि नहुने भएको छ ।