केहीबेर बसेर प्रतिनिधि सभा बैठक स्थगित

  • प्रकाशित मिति : March 16, 2021
  • नेपाल ज्योति

काठमाडौं-प्रतिनिधि सभा बैठक केहीबेर बसेर स्थगित भएको छ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक केहीबेर बसेर स्थगित भएको संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको अर्को बैठक २०७७ चैत ६ गते शुक्रबार दिनको १ बजे बस्ने छ।