सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने माओवादी केन्द्रको निर्णय

  • प्रकाशित मिति : March 16, 2021
  • नेपाल ज्योति

काठमाडौं-नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने पनि निष्कर्ष निकालेको छ ।

सिंहदरबारमा मंगलबार बसेको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्चले नै उल्टाई दिएको अवस्थामा प्रधानमन्त्री पदमा रहन नमिल्ने ठहर गरेको सांसद वर्षमान पुन अनन्तले जानकारी दिए । उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा पनि कुनै छलफल नभएको बताए । त्यस्तै उनले माओवादीका ६ जना सांसदहरु अर्को दलमा गएको भन्ने बिषयमा आफ्नो धारणा पेश गर्न पनि पत्राचार गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकले पुष्प कमल दाहाल प्रचण्डलाई दलको नेता र देव गुरुङलाई मुख्य सचेतकमा कायमै राख्ने निर्णय भएको पुनले बताए । बैठकमा संसदीय दलका नेता प्रचण्डले राजनीतिक घटनाक्रममा बारेमा जानकारी गराएका थिए ।