सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ जना घाइते

  • प्रकाशित मिति : March 16, 2021
  • नेपाल ज्योति

काठमाडौं-सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते ७ मध्ये २ को अवस्था गम्भीर रहेको सिन्धुली अस्पतालले जनाएको छ ।

सिन्धुलीमाढीबाट यात्रु लिएर गएको बा १७ च १११७ नम्बरको वोलेरो जीप कमलामाई नगरपालिकाको फेदीमा दुर्घना भएको हो । मृत्यु हुनेमा कमलामाइ नगरपालिका बाँसकोटका ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ ।

चालक भोजबिक्रम थापासहित सबै घाइतेलाई जिल्ला अस्पताल सिन्धुली ल्याइएको छ । चालकको अवस्था गम्भीर भएकाले धुलिखेल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी मनोजकुमार लामाले जानकारी दिए ।