एमालेले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन , मुख्यमन्त्री शाही धरापमा

  • प्रकाशित मिति : March 17, 2021
  • नेपाल ज्योति

काठमाडौं-नेकपा एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए ।
बैठकले मन्त्री बनेका एमालेका सांसदहरुलाई ५ दिनभित्र फिर्ता बोलाउने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिककर्णाली प्रदेश सरकारमा एमालेका तर्फबाट तीन जना मन्त्री सहभागी छन्।

कर्णाली प्रदेशमा कुल प्रदेश सभा सदस्य संख्या ४० रहेको छ। जसमध्ये एमालेको मात्र २० सांसद छन्। त्यसमध्ये राजबहादुर शाही सभामुख छन्। यस्तै माओवादी १३, नेपाली कांग्रेस ६ र राप्रपाको १ जना सदस्य छन्। दलको बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना मात्रै सहभागी थिए ।