दिल्लीमा नेपाली महिलाको गोली हानी हत्या

  • प्रकाशित मिति : March 17, 2021
  • नेपाल ज्योति

काठमाडौं-भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली महिलाको लुटेराहरुले गोली हानी हत्या गरेका छन् ।

मजनुका टिलामा किराना पसल गर्दै आएकी ४५ वर्षीया मिना तामाङको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । नेपालमा नुवाकोट घर भएकी तामाङ पाँच वर्षदेखि किराना पसल गर्दै आएकी थिइन् ।

बुधबार बिहान लुटेराहरुले पसल लुट्न खोजेका थिए । मोटरसाइकलमा आएका लुटेराहरुको प्रतिकार गर्दा तामाङमाथि गोली हानेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।