सम्पादककाे दवाबमा अन्नपूर्ण पोष्टका २८ पत्रकारले दिए सामूहिक राजीनामा

  • प्रकाशित मिति : March 18, 2021
  • नेपाल ज्योति

काठमाडौं-अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत श्रमजीवी पत्रकारहरुले सामूहिक राजीनामा दिएका छन् । २०७८ देखि जेठ ३ गते लागू हुनेगरी पत्रिकामा कार्यरत २८ जना पत्रकारहरुले मंगलबार सामूहिक राजीनामा दिएका हुन् ।

जसमा एक वर्षदेखि २० वर्षसम्म काम गरेका पत्रकार छन्।

पत्रिका बन्द हुने भन्दै सम्पादक अखण्ड भण्डारी र कम्पनीका सिइयो मानस घिमिरेले राजीनामा दिन दबाब दिएको पत्रकारहरुको राजीनामा पत्रमा भनिएको छ ।

पत्रिका बन्द हुने विषयमा कम्पनीका अध्यक्ष क्पाप्टेन रामेश्वर थापाले पत्रकारहरुलाई सम्बोधन गर्ने आश्वासन सम्पादक भण्डारीले दिए पनि अहिलेसम्म त्यो हुन नसकेकाले राजीनामा दिएको पत्रकारहरुले दिएको राजीनामा पत्रमा उल्लेख छ ।