बालुवाटारमा एमाले संसदीय दलको बैठक सुरु

  • प्रकाशित मिति : March 18, 2021
  • नेपाल ज्योति

काठमाडौं- बालुवाटारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी ओलीले बिहीबार बालुवाटारमा संसदीय दलको बैठक बोलाएका हुन्। सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा बोलाइएको प्रमुख सचेतक विशाल भट्टराई जानकारी दिए।

सर्वोच्च अदालतले नेकपामा आवद्ध एमाले र माओवादी केन्द्रलाई पहिल्यैको अवस्थामा फर्काइदिएपछि दुवैपक्ष आआफ्नो कित्तामा फर्किएका छन्।