ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फोडिरहेको अवस्थामा भारतीय नागरिक पक्राउ

  • प्रकाशित मिति : March 19, 2021
  • नेपाल ज्योति

काठमाडौँ-काठमाडौंको कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फोडिरहेको अवस्थामा एक भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीले शुक्रबार बिहान साढे २ बजे मेसिन फुटाउँदै गरेको अवस्थामा भारतको गोरखपुर घर भएका २२ वर्षीय
दिलसाद आलमलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत दरबारमार्गबाट खटिएको टोलीले आलमलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।