महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

  • प्रकाशित मिति : March 19, 2021
  • नेपाल ज्योति

काठमाडौं – महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् । सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

अग्नि खरेलले आज महान्यायाधिवक्ताबा राजिनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बडालाई महान्यायाधिवक्ता नियुक्त गरेको हो ।