गुटगत गतिविधि गर्ने माधव नेपाल, भीम रावल लगायतका नेताहरूलाई स्पष्टीकरण सोधिने

  • प्रकाशित मिति : March 20, 2021
  • नेपाल ज्योति

काठमाडौं- नेकपा एमालेको संसदीय बोर्डले गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बोर्ड गठन भएपछि पहिलोपटक बसेको बैठकले गुटगत गतिविधिमा संलग्नलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बोर्डको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । बैठकले  माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतका नेताहरूलाइ पार्टी हितविरूद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउ गुटगत भेला गरेकोले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

५ चैतमा बोर्ड गठन भएको थियो । बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ ।