स्वास्थ्य मापदण्ड पालना गरी होली खेल्न प्रशासनको आग्रह

  • प्रकाशित मिति : March 21, 2021
  • नेपाल ज्योति

काठमाडौँ-जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ को जोखिम कायम रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर होली खोल्न आग्रह गरेको छ  ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले कोभिड–१९ को जोखिम कायमै रहेकाले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर होली मनाउन आग्रह गरिएको बताए । उनले चाडपर्व मनाउने नाममा कुनैपनि अवाञ्छित गतिविधिहरु नगर्न पनि सचेत गराएका छन् । कसैको इच्छाविपरीत रङ हान्ने, लोला तथा पानी छ्याप्ने, नसालु पदार्थ खाने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सार्वजनिक ठाउँमा होहल्ला गर्ने जस्ता व्यक्तिको जीवनमा असर पर्नेखालको कार्यहरु नगर्न प्रशासनले सचेत गराएको हो ।