काठमाडौँ- नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रूपैयाँ सहयोग लिन जोशी परिवारले अस्वीकार गरेको छ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले जोशीको उपचारका लागि उक्त परिमाणको रकम दिने निर्णय गरेको थियो । जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जोशी परिवारले सरकारले उपचारका लागि दिने भनेको १० लाख रकम लिन अस्वीकार गरेको बताए।
फागुन १४ मा मस्तिष्कघात भएपछि उपचाररत जोशीलाई भेट्न शुक्रबार निर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वरपोखरेलले पनि सरकारका तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय भएको जोशी परिवारलाई जानकारी गराएका थिए।